• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०८:११

दोस्रो रोल्पा महोत्सव सम्पन्नताका लागि जि.स.स.प्रमुख सहितको टोली काठमाडौं प्रस्थान

रोल्पा २०७५ पौष १८ । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा सुनिल स्मृति गाउँपालिका सुलिचौरमा माघ १८ देखि २४ गते सम्म आयोजना गरिएको “दोस्रो व्यवसायीक कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सब–२०७५” दोस्रो रोल्पा महोत्सव लाई सम्पन्न गर्नका लागि आज जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर सहितको टोली आज बुटवल हुँदै काठमाण्डौँ प्रस्थान गरेको छ । 
टोलीमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उपसभापति एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर कुमार आचार्य, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष एवं दोस्रो रोल्पा महोत्सव २०७५ का मुल आयोजक समितिका संयोजक विश्वकुमार चन्द्र, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष रामचन्द्र थापा लगायतको टोली आज बुटवलमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, पर्यटन तथा वातावरण मन्त्री लिलु गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, कृषि मन्त्री आरती चौधरी लगायतसंग भेटघाट गरेको थियो । भेटघाटको क्रममा टोलीले महोत्सस सम्पन्न गर्नका लागि आर्थिक सहयोगका साथै उद्घाटन कार्यक्रममा आतिथ्यताका लागि अनुरोध गरेको दोस्रो रोल्पा महोत्सव प्रचार समितिका संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । 
यसैगरी सो टोलीले काठमाण्डौंमा गएर महोत्सवको उद्घाटन कार्यक्रमको लागि उपराष्ट्रपति नन्दबहादुर पुनमगर, प्रधानन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उर्जा तथा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीमगर, प्रतिनिधी सभा सदस्य जयपुरी घर्तीमगर लगायतलाई निमन्त्रणा गर्ने गरी टोली काठमाण्डौँ तर्फ बुटवलबाट लागेको प्रचार समितिनका संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सार्वजनिक यातायात अब प्राधिकरणले हेर्ने, चालक र सहचालकको व्यक्तिगत विवरण अनिवार्य

# slider

१८ पौष, २०७५

काठमाडौं । सार्वजनिक सवारी धनी, चालक र सहचालकले अब व्यक्तिगत विवरण पेश गरेपछि मात्रै यस क्षेत्रमा रोजगारी पाउने भएका छन् । सरकारले सार्वजनिक यातायात

फोटो ग्यालरी