• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०८:११

सरकारी कार्यालय सारिएकोमा विरोध

मंसिर २०, रोल्पा । रोल्पामा रहेका विभिन्न सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरिएको भन्दै विरोध गरिएको छ । जिल्लामा रहेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहीद मार्ग सडक योजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय र खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय र पछिल्लो मंसिर २ गते सामाजिक विकास मन्त्रालयस्तरको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालयसमेत रोल्पा जिल्लाबाट स्थानान्तरण भई अन्य जिल्लामा गएपछि विरोध सुरु भएको हो ।

ती कार्यालयहरु जिल्लामै रहनुपर्ने भन्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको टोलीले प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल समक्ष ज्ञापनपत्र बुझाएको छ । लामो समयसम्म जिल्लामा सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालयहरु नरहने भएपछि जिल्लावासी आक्रोशित बनेका छन् । ‘हामीले यहाँ रहेका सरकारी कार्यालयहरु कतै सारिनुहुन्न भनेर पटकपटक नेताहरुलाई ध्यानाकर्षण गरायौं’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले भने ‘एकएक गर्दै धेरै सरकारी कार्यालय अन्यत्र सारिँदैछ, यो रोल्पाली जनताप्रतिको विश्वासघाट हो ।’ चन्दले मन्त्रीहरुले आश्वासन दिने तर जिल्लाको कार्यालय स्थानान्तरण भइरहँदा बेवास्ता गरिएको भन्दै आक्रोश पोखे ।

 

के छ ज्ञापनपत्रमा
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा लामो समयदेखि सेवा प्रवाह गरिरहेका करीब आधा दर्जन त्यस्ता कार्यालय जनता तथा तिनका प्रतिनिधिलाई समेत कुनै जानकारी नदिई पहुँचवालाको दबाबमा परी स्थानान्तरण गरिएको विषयप्रति घोर आपत्ति जनाउँदै अविलम्व पुनःस्थापनाका लागि माग गरिएको छ । जिल्लाबाट एकएक गर्दै सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरिनु दुःखद् भएको भन्दै गत असार ३ गते जिल्लाको सर्वपक्षिय समूहले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधामन्त्री समक्ष पठाएको ज्ञापनपत्रको समेत सुनुवाई नभएको भन्दै दवावलाई अझ सशक्त पारिने बताइएको छ ।

मुख्यमन्त्रीको आश्वासन
मुख्यमन्त्री शंकर पोखरेलले नयाँ संविधान घोषणा भएसँगै जिल्लामा रहेका अधिकांस कार्यालय खारेज भइसकेकाले आवश्यकताका आधारमा मात्रै कार्यालय राखिएको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक कार्यालय रोल्पामा स्थापनाका लागि पहल गर्ने आश्वासन दिएको जिसस प्रमुख राजबहादुर बुढाले बताए ।

कुन कार्यालय कता ?
डिभिजनका नाममा सारिएका जिल्लास्थित सरकारी कार्यालयहरु छिमेकी जिल्लाहरुमा सारिएका छन् । भवन डिभिजन र भू–संरक्षण कार्यालयलार्य रोल्पा, रुकुम र प्युठान हेर्नेगरी दाङ सारिएको छ । डिभिजन बनाएरै खानेपानी, प्राविधिक र स्वास्थ्य कार्यालयलाई प्यूठान सारिएको छ । रोल्पालाई देशकै राजधानी बनाउने परिकल्पना गरेका नेताहरु शक्तिको केन्द्रमा रहेको भएपनि उनीहरु समेत बेखबर रहेको भन्दै विरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

# राष्ट्रिय

१८ पौष, २०७५

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ। हरे क सिक्काका दुई पाटा हुन्छन्

वैदेशिक रोजगारीमा गएका २९५ महिला सम्पर्कविहीन

# राष्ट्रिय

१८ पौष, २०७५

बाँके, १८ पुस । वैदेशिक रोजगारीमा गएका बाँके र बर्दियाका दुई सय ९५ महिला सम्पर्कविहिन भएका छन् । जसमा बाँकेका १९४ र बर्दियाका १०१ महिला रहेका छन्

हनी हन्टिङः तान्जे गाउँको २०० वर्ष पुरानो परम्परा

# राष्ट्रिय

२८ जेठ, २०७५

केही शिकारीहरू माहुरी भगाउन भिरको फेंदमा आगो बाल्न थाल्छन् । हेर्दाहेर्दै धुवाँको मुस्लो माथि माहुरीको घारसम्म पुग्छ । केही शिकारी भिरको माथिपट्ट

फोटो ग्यालरी