• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०८:११

रोल्पाका प्रमुखले गाउँपालिकाको नाम आफ्नो श्रीमतीको नाममा फेरेरै छाडे, संघर्ष समिति नै मौन

जेठ, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकामा लामो समय देखि बिबादित बन्दै आएको गाउँपालिका नाम गंगादेव गाउँपालिका राख्ने गरि कार्यपालिकाले टुङ्गो लगाएको छ । कार्यलयको बोर्डमा समेत ‘गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यलय सानडाँडा रोल्पा’ राखिएको छ । यहि गत जेष्ठ सात गते बसेको कार्यपालिकाको बैठकबाट सुकिदह गाउँपालिकाको नाम बाट गंगादेव गाउँपालिका राख्ने निर्णय गरेको हो । गाउँपालिका फेर्न नहुने भन्दै उच्च अदालतमा परेको मुद्दा उपर अदालतले फुकुवा गरेपछि कार्यपालिकाको बैठक द्वारा गाउँपालिकाका सम्पूर्ण काम कार्यहरु गंगादेव गाउँपालिकाको नामबाट सुचारु हुने भएका छन् । सुकिदह गाउँपालिको गाउँसभाले गाउँपालिको नाम गाउँपालिका प्रमुख बिर बहादुर खत्रीको शहिद पत्नी गंगा खत्री र शहिद देब बहादुरको नाममा परिवर्तन गर्ने निर्णय गरेपछि स्थानीयवासीले तिब्र बिरोध गरेका थिए । उक्त निर्णय बिरुद्द पुर्व एमाले जिल्लाकमिटि सदस्य रोशन ओलीको नेतृत्वमा संघर्ष समिति समेत बनेको थियो ।

त्यसपछि स्थानीयले संघर्ष समितिलाई सहयोग गरेर गाउँपालिका कार्यालय नै ठप्प पारेका थिए । तर पुर्व माओबादी केन्द्र र पुर्व एमालेको एकता पछी राजनीतिक चलखेल द्वारा आन्दोलनलाइ नै सिथिल बनाएको स्थानीयबासीको आरोप छ । प्रतिपक्ष दल नेपाली कांग्रेस पनि मौन बसिदिंदा गाउँपालिका नाम र केन्द्र फेर्न नहुने भन्दै हिजो गरिएका आन्दोलनहरु पनि त्यसै तुहिने भएका छन् । हिजो आन्दोलनको नेतृत्व गरेका  संघर्ष समितिका संयोजक रोशन ओलीलाई टेलिफोन सम्पर्क गरि गाउँपालिका नाम र केन्द्र फेरिएको बारे अब तपाईको संघर्ष समितिले के गर्छ ? भन्ने प्रश्नमा सुकिदह कार्यपालिकाले नाम फेरिएको बारे ओलीले अनविज्ञता र अन्योलता प्रकट गरे ।

हेर्नुहोस पोष्टपाटी सम्बाददाता गोपाल चन्दले संघर्ष समितिका अध्यक्ष रोशन ओली संग गरेकोको छोटो टेलिफोनिक वार्तालाप यस्तो छ :

सुकिदह गाउपालीकाको नाम गंगादेव गाउँपालिका भएको थाहा पाउनु भयो होला नि ?

हजुर म अहिले दाङ छु ! मैले पनि यहि खबर सुने हजुर… गाउँपालिकाको नाम फेरियो भनेर ।

अब हजुरहरुको संघर्ष समितिले के गर्छ ?

त्यहाँको कार्यपालिकाले नाम चेन्ज गर्यो भन्ने सुनियो । माथि केन्द्रले अझै स्वीकृति दिएको छैन भन्ने पनि सुनिन्छ त्यो अझैँ प्रस्ट केहि भएको छैन ।

सुकिदहका स्थानीय कर्मचारीका अनुसार केन्द्रले पनि स्वीकृति दिसक्यो रे ? तपाईलाइ थाहा भएन ?

मैले त्यसको बारे केहि बुझेको छैन । केहि जानकारी पनि दिएका छैनन् ।

यो मुद्दा त स्थानीयको होला नि ? के माथिको निर्देशन पर्खिनु भएको हो ?

माथि प्रदेशबाट अनुमोदन हुनुपर्ने हो, त्यसको बारे पनि केहि खबर छैन ।

त्यसो भए अब संघर्ष समितिले के गर्छ ? कि संघर्ष समिति नै भंग भएको हो ?

त्यस्तो त होइन फलो त भैरहन्छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुन बित्तिकै रोकिएको भन्ने पनि होइन । गलतलाइ त गलत नै भन्नु पर्छ । तर केहि समस्याहरु देखिन्छन । त्यसबारे अझै छलफल गर्नु पर्छ ।

समस्या स्थानीयको भएकोले यसको समस्या स्थानीय स्तरबाट तपाईहरुले हल गर्ने होइन र ?

हो अब तल (स्थानीय स्तरमा) चाहि हामीले धेरै कुरा गर्न खोजेको, केहि आफ्नै तरिकाले हिडिरहेका छन् तर पनि हामी छलफल गर्छौ ।

अहिले सम्म संघर्ष समितिको बैठक तथा छलफल केहि भएको छैन ?

छैन साथीहरु आ-आफ्नै धुनमा छन्, रोल्पा पनि गएको छैन । अहिले सम्म त्यस्तो केहि भएको छैन ।

कि अब बैठक नै नबसेर खारेज भएको हो ?

खारेज भनौ कि उ… भनौ, त्यस्तो कुराहरु धेरै छन्, अहिले नै नभनौ ।

संघर्ष समितिको अध्यक्षको नाताले आन्दोलनमा साथ दिने स्थानीय बासीलाई के भनेर बुझाउनु हुन्छ ?

समितिका सदस्यहरु संग अहिले सम्म सरसल्लाह भएको छैन । मिडियाहरुमा गाउँपालिकाको नाम चेन्ज भयो भन्ने कुरा आयो । अब के हुन्छ भन्ने बारे हेरौ, म त्यसबारे एक दुइ दिनपछी हजुरलाई खबर गर्छु ।

यस बिषयमा संघर्ष समितिको बैठक बस्ने वा नबस्ने के छ योजना ?

समितिको बैठक बारे अहिले कुनै योजना छैन, सबै व्यस्त भएको हुँदा अहिले केहि नबोलौ, छलफल चाहि गर्छु।

त्यसो भए सटिकमा बुझ्दा अब संघर्ष समितिले केहि गर्न सक्दैन भन्ने बुझ्दा हुन्छ ?

गर्न त गर्ने हो ! एक जना व्यक्तिले मात्र गर्न सकिदैन ! त्यस्तै भएपछी के गर्ने हजुर !

के नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता पछी संघर्ष समितिलाई पनि प्रभाव पारेको हो ?

त्यस्तो केहि भएको छैन ! पार्टी एकता पछी पनि भेट नै भएको छैन । पार्टीको बैठक पनि बसेको छैन ।

भने पछी लगभग संघर्ष समिति नै भंग भयो भनेर बुझ्न सकियो हैन ?

अब एक किसिमले त त्यो भन्दा पनि भयो, तर…

हैन जिम्मेवारी व्यक्तिले बाटै अन्यौलता र अस्पस्टता आउदा कसरि बुझौ त अब ?

भंग भएको भनेर पनि के भनौ, नभएको भनेर पनि के भनौ… त्यस्तै छन हजुर समस्या ।

स्रोतः पोष्टपाटी

प्रतिकृया दिनुहोस

सरकारी कार्यालय सारिएकोमा विरोध

# राष्ट्रिय

२० पौष, २०७५

मंसिर २०, रोल्पा । रोल्पामा रहेका विभिन्न सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरिएको भन्दै विरोध गरिएको छ । जिल्लामा रहेका शहरी विकास तथा भवन

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

# राष्ट्रिय

१८ पौष, २०७५

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ। हरे क सिक्काका दुई पाटा हुन्छन्

वैदेशिक रोजगारीमा गएका २९५ महिला सम्पर्कविहीन

# राष्ट्रिय

१८ पौष, २०७५

बाँके, १८ पुस । वैदेशिक रोजगारीमा गएका बाँके र बर्दियाका दुई सय ९५ महिला सम्पर्कविहिन भएका छन् । जसमा बाँकेका १९४ र बर्दियाका १०१ महिला रहेका छन्

फोटो ग्यालरी