• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०८:१४

रोल्पामा १६ घण्टा काम गर्छन कर्मचारीहरु, कार्यालयमै मेस

 

मनिषा राई/ रोल्पा २४ जेष्ठ । रोल्पाको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर पुन एकोहोरो भएर काम गरिरहेका छन् । समय कति हो भन्ने पनि पत्ता छैन उनलाई । निरन्तर सेवाग्राहिको काम गरीरहेका देखिन्छन् । बेलुकिको ९ बजेर २१ मिनेट गईसक्यो यो बेला भनेको खाना खाएर पनि सुत्नेबेला हो । तर अहिले सम्म कार्यकक्ष छोडेका छैनन् । अलि पछि मात्र समय संझाई दिदा मात्र ए हो र ? समय त गै सके छ त यति मात्र जबाफ दिए अनि फेरी काममा लागे ।

कति सेवा ग्राहि त भोली गरौलाहै ? सरलाई भोक लाग्यो होला आफ्नै भाषा (मगर खाम)मा एक आपसमा कुरा गर्दै थिए । तर आएका सेवा ग्राहिलाई निरास नबनाएर फर्काउने उनको चाहना छ । कार्यालय सहयोगिले पनि पटक पटक खाना पाक्यो सर के गरु भनेर सोध्न आईरहन्छन् । ल आए मात्र जवाफ दिन्छन् फेरी फाईल पल्टाउन थाल्छन् । उनि एक दिन मात्र होईन दैनिक जसो यतिका समय सम्म कार्यकक्षमै देखिन्छन् ।

कर्मचारीले काम गर्दैनन् भन्ने आरोप काम गरेर खण्डन गर्न चाहन्छन् उनि । लामो समयको कर्मचारीले संचालन गरेको ब्यूरोक्रेसी जनप्रतिनिधि आए पछि केहि ठाउँमा अश्वाभाविक देखिएको भएपनि पूर्वि रोल्पाको सुनछहरी गाउँपालिकामा भने निकै सौहार्द देखियो । जन प्रतिनिधी कर्मचारीहरु पनि निकै नजिकका साथीभाई जसरी रमाईलो गर्दै कार्य सम्पादन गरिरहेका देखिन्छन् । बिहान पनि चिया खाएर मात्र आफिसको काममा लागि हाल्छन् ।

किन बिहानै अफिसमा त सर भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकिय अधिकृत विर बहादुर पुनले हामी त सधै यस्तै हो भन्ने जवाफ फर्काए । टाढाबाट आउनु हुन्छ काम समयमै सकिदिउ जस्तो लाग्छ त्यहि भएर पनि बिहानै देखि साँझ सम्म काम गर्छौ पुनले भने । अन्य मातहतका कर्मचारी पनि उत्साह पुर्वक आ–आफ्नै कार्य कक्षमा ब्यस्त देखिन्छन् । योजना शाखा सम्हालि राखेका बामदेब गिरि पनि योजना सम्झौता, भुक्ताको कागजात चेकजाच र टिप्पणी उठाउन ब्यस्त देखिन्छन् । हाकिमले पेलेर हो अहिले सम्म काममा ? भनेर सोध्दा खिस्स हाँस्दै त्यस्तो काँ होला कामको चाप यस्तो छ सबैले गर्नै पर्यौनि उनिले पुस्ट्याइ दिए ।

महिला विकास तथा प्रशासन सम्हालिरहेका भगवती बुढामगर पनि योजनाका बैंक खाता खोल्नका लागि चाहिने चित्र पत्र तयार गर्दै छिन् । कार्यालय सहयोगिहरु पनि दर्ता चलानीमा ब्यस्त देखिन्छन् । बिहानै देखि साझ सम्म जनताको काम गर्दा लाभग्राहि पनि ढंग छन् । अरु कार्यालयहरु त १० देखि ५ बजे सम्म खुल्छन् यहाँ त अबेर सम्म भए पनि काम गर्दिनु हुन्छ भन्छन् योजना संझौता गर्न आएका सेवा ग्राहि बिशाल घर्तीमगर । टाढाबाट आएको आज त हुदैन होला भनि राको थिए जेहोस काम भयो उनि खुशि हुदै घर्ती बाहिर निस्किए । विभिन्न खाशाको जिम्मा सम्मालिरहेका कर्मचारीहरु पनि समयको खासै प्रबाह गर्दैनन् ।

पुर्वी रोल्पाको विकट गाउँपालिका भनेर चिनिने सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ भौगोलिक दृष्टिले त्यति मन बस्ने ठाउँभने छैन् । तर त्यहाँका कर्मचारी भने मनखोलेर काम गरीरहेका छन् । पछिल्लो समय कर्मचारीले काम गर्दैनन् भन्ने आरोप आईरहेका भए पनि सुनछहरी गाउँपालिकामा भने त्यस्तो देखिदैन् । गाउँपालिका प्रमुखको दबावमा हो भन्दा होईन उहाँले काम गर्ने वातावरण गराई दिनु हुन्छ हामि कम गर्छौ त्यस्तो दवाव भन्ने मैले भोको छैन् अधिकृत बिर बहादुर पुनले भने । काम गर्ने बातावरण भयो भने जागर लाग्दो रहेछ पुनले उत्साहित हुदै भने । काम गर्ने क्रममा कहिल्यै पनि दवाव प्रभावमा पार्नु भएको छैन् अधिकृत पुनले स्पष्ट पारे । सबै जनप्रतिनिधी, कर्मचारी विचको तादम्यता राम्रो मिलेका कारण काम गर्ने बातावरण पनि राम्रो बने अर्का कर्मचारी दिपक पुनले बताए । यस्तै तालमेल मिल्यो भने गाउँपालिकालाई नमुना बनाउन सकिनेमा आशाबादी देखिएका छन् ।

गाउँपालिका अध्यक्ष आश बहादुर पुनले पनि कर्मचारीहरुको कामको मुक्तकन्थले प्रसंशा गर्छन् । अध्यक्ष पुनले भन्छन् कहिले काहि त म न उठ्दै काममा लागि सक्नु भाको हुन्छ । यो पक्ष असाद्दै राम्रो छ । यसले निरन्तरता पाउनेमा गाउँपालिका अध्यक्ष पनि आशाबादी देखिएका छन् । आर्थीक वर्षको अन्त्यमा भएरहो कि भन्ने भन्ने प्रश्नमा त्यसो नभई अरु समय पनि यसरी नै काम भईरहको बताए । आर्थिक वर्षको अन्त्यमा भएकोले पहिलेको भन्दा कामको चाप अलि त बढेकै छ तर उहाँहरु अरु समयमा पनि यसरी काम गर्नु हुन्छ अध्यक्ष पुनले भने ।

निर्वाचित जनप्रतिनिधी र कर्मचारी विचको टिम स्प्रीट भयो भने कुनै पनि कामले गतिले बताए । धेरै ठाउँमा जन प्रतिनिधी र कर्मचारी नमिलेको भन्ने समाचार आईरहदा सुनछहरी गाउँपालिकमा भने राम्रो मिलेको गाउँपालिकाका प्रबक्ता अमरजित पुनले बताए । कहिले काहि सामान्य कागजात नमिल्दा सेवा ग्राहिले मन दुखपाउने गरेको भएपनि समग्रमा उत्साजनक काम भईरहेका प्रबक्ता पुनले बताए ।

योजनाको भुक्तानी लिनआउदा के के कागजात चाहिन्छ भन्ने कुराको त्यति ज्ञान नहुदा कहिले काहि नचाहा नचाहदै पनि फर्काउनु परेको लेखापाल डाईमण्ड खड्काले बताए । अन्तिम भुक्तानिका लागि के के प्रकृया पु¥याउनु पर्छ भन्ने थाहा नहुदा यस्तो भएको उनको भनाई छ । यो पहिलो चरण भएकाले यस्तो देखि पनि आगामी वर्षमा यसको सुधार हुने दावी गरे । कर्मचारी अभाव त छ नै तरपनि सबैले टिमबद्ध भएर काम गर्दा खासै त्यस्तो अनुभुति सेवा ग्राहिले गरेका छैनन् । सरकारी काम कैले जाला घाम भन्ने उखानलाई पूर्णरुपमा परिवर्तन गर्ने सुनछहरी गाउँपालिकाले प्रतिबद्धता गरेको छ । चालु वर्षमा सम्पन्न हुने योजनाका कामहरु पनि सबै सकिसकेको वडा अध्यक्षहरुले जानकारी दिए । लेखापालले दुईवटा कार्यालय सम्माहल्नु पर्ने भएको भुक्तानि प्रकृयामा ढिलो भएको १ नंं वडा अध्यक्ष महाविर रानाले प्रतिकृया दिए । केहि आंशिक योजना बाहेक सबै काम बेलैम सकिएको सबै वडा अध्यक्षले गाउँपालिकामा रिपोर्ट पेश गरेका छन् ।

प्राविधिक एउटै भएपनि कार्यसम्पादनमा उपभोक्ताहरु सन्तुष्ट देखिएका छन् । इन्जिनियरको दरबन्दी भएपनि अभावहुदा एक जनाले मात्र योजना हेर्नु पर्ने बाध्यता बनेको छ । एकजनाले मात्र काम गर्दा केहि असजिलो भएपनि निरन्तर काममा लागरेको सव इन्जिनियर कुरुण श्रेष्ठले बताए । अफिसमै बसेर काम गर्न सकिदैन फिल्डमा हिडिराख्नु पर्ने हुन्छ तर पनि जहाँ पुगिन्छ त्यहि स्टिमिटकोकाम गर्ने गरेको बताए । ल्याटप बोकेको छु जहाँ पुग्छु त्यहि अन्य कार्यालयका काम गर्छु उनि भन्छन् । एकजना मात्र भएपनि अहिले सम्म प्राविधिकबाट ढिला भयो भन्ने गुनासो नआएको दावि गर्छन् ।

गाउँपालिकामा के कस्तो भईरहेको छ त्यसको अभिलेखिकरण पनि चुस्त भईरहको आईटि अफिसर गुमान बिष्टले बताए । गाउँपालिका भित्र भए गरेका सम्पूर्ण कामको अध्याबधिक गर्ने काम निरन्तर भईरहेको दावि गरे । जन प्रतिनिधी, कर्मचारीको बिवरण राख्ने देखि योजना तथा कार्यक्रमका प्रतिवेदनहरु समेत गाउँपालिको वेवसाईटमा राख्ने काम भईरहेको बिष्टले बताए । टेलिफोन सेवा भरपर्दो नभएपनि इन्टरनेट जडान भएपछि अभिलेखको काममा सहजता आएको बताए । सबै कर्मचारीको हाजिरी पनि बिद्युतिय गरिएको जानकारी दिए ।

संघिय प्रणाली भर्खरी संचालनमा आई अभ्यास गर्ने क्रममा रहेकोले सिक्दै र गर्दैको चरणमा हुदा केहि समस्या भएपनि बिस्तारै हल हुदै जानको गाउँपालिका अध्यक्षको विश्वास छ । सबै शुन्यताबाट सुरु गर्नु पर्ने भएकोले केहि कानुनी तथा ब्यवहरीक समस्याहरु स्वाभाविकरुपले आउने बताउनु भयो । तर बामे सर्दै गरेको संघिय ब्यवस्थालाई सक्रिय बनाउनुको सातो कमजोर बनाउने खेल भईरहकोमा भने आफ्नो चित्त नबुझेको अध्यक्षले बताए । अहिले जनताको आवश्यकता असिमित छन् त्यसलाई तलैबाट सम्बोधन गर्न सकियो भने जनताले केहि परिवर्तनको अनुभुति गर्न पाउने थिए । अहिले बजेट पनि सबै भन्दा काम परेकामा आफ्नो चित्त नबुझेको बताए । के अधारमा बजेट विनियोजन भएको त्यसको जवाफ जान्न मनलागेको उनले बताए ।

सबै भन्दा विकट यहि गाउँपालिका हो धेरै आवश्यक्ता पनि यहि छ तर यसलाई उपेक्षा गरीएकामा उनिले आक्रोस पोखे । सिंह दरबार गाउँगाउँमा भन्ने अनि सबै अधिकार माथी कब्जा गरेर राख्ने ? उनले संघिय सरकारलाई प्रश्न तेर्साए । हामि विगत देखि उपेक्षामा पर्दै आएका छौ अहिलेको संघिय सरकारले झनै उपेक्षामा पा¥यो उनले थपे । संघियताको अनुभुति गर्ने गरी बजेट बिनियोजन गर्नुको सातो उहि पुरानै शैलीमा बजेट आएको प्रति आफु असन्तुष्ट रहेको बताउनु भयो । न्यून मात्रामा वित्तिय समानिकरणकको बजेट आउदा वडाहरुमा पनि कममात्रामा बजेट जाने बताईएको छ । विकासको चरणलाई तिव्रपार्ने समयमा झनै कम बजेट आउदा त्यस क्षेत्रका समुदायपनि निरास बनेका छन् ।

प्रतिकृया दिनुहोस

सरकारी कार्यालय सारिएकोमा विरोध

# राष्ट्रिय

२० पौष, २०७५

मंसिर २०, रोल्पा । रोल्पामा रहेका विभिन्न सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरिएको भन्दै विरोध गरिएको छ । जिल्लामा रहेका शहरी विकास तथा भवन

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

# राष्ट्रिय

१८ पौष, २०७५

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ। हरे क सिक्काका दुई पाटा हुन्छन्

वैदेशिक रोजगारीमा गएका २९५ महिला सम्पर्कविहीन

# राष्ट्रिय

१८ पौष, २०७५

बाँके, १८ पुस । वैदेशिक रोजगारीमा गएका बाँके र बर्दियाका दुई सय ९५ महिला सम्पर्कविहिन भएका छन् । जसमा बाँकेका १९४ र बर्दियाका १०१ महिला रहेका छन्

फोटो ग्यालरी